काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रह गरेको छ।
आइतबार एक सूचना जारी गर्दैै प्रशासनले निर्वाचनमा मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रह गरेको हो।
सूचनामा भनिएको छ, ‘स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रह गर्दछौं।’
जिल्ला प्रशासन कार्यालयले सूचना विपरीतका कार्य तोकिएको समयमा गरे÷गराइएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
साथै, प्रशासनले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ।
निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको हो।
प्रतिक्रिया