Developed By Kuldeep Sharma

April 8, 2024

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं। सुनको मूल्य अहिलेसम्म कै उच्च भएको छ। आज ६ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएर हो।

छापावाला सुनको मूल्य १ लाख ३६ हजार दुई सय रुपैयाँ छ भने तेजाबी सुन तोलामा १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma