Developed By Kuldeep Sharma

May 8, 2022

लुम्बिनी प्रदेशमा एकै दिन पाँच जना मृत फेला

बुटवल। लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा एकै दिन पाँच जना मृत फेला परेका छन्। तीमध्ये ४ जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

रुपन्देहीको देवदह नगरपालिका–३ टटेरा डाँडा टोलस्थित रोहीणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–७ मदनग्राम बस्ने मनोज थापाकी छोरी १६ वर्षीया दीपा थापाको मृत्यु भएको छ।

यस्तै, बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोल बस्ने ७५ वर्षीया राजमती थरुनी आफ्नै घरबाट करिब ३ किलोमिटर टाढा कुलोको पानीमा मृत अवस्थामा फेला परेकी छन्।

आइतबार नै गुल्मीको छल्दी खोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृत्यु भएको छ। जिल्लाको इस्मा गाउँपालिका २ का ४९ वर्षीया ज्ञानकुमार कुमालको डुबेर मृत्यु भएको हो।

यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका–१३ छत्याङका १२ वर्षीय मनोज बिक जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma