Developed By Kuldeep Sharma

April 11, 2024

नयाँ शैक्षिकसत्रका लागि सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं। नयाँ शैक्षिकसत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ। नयाँ शैक्षिकसत्र सुरु हुनु भन्दा तीन दिन अघि नै सबै जिल्लामा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौवटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याइएको बताए। केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन्। केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्‍याएको थियो।

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत ९अनुमतिप्राप्त० प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ।

शिक्षामन्त्री सुमना श्रेष्ठले चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी यस वर्ष समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma