Developed By Kuldeep Sharma

April 12, 2024

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं। आज संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ। दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको हो।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले ‘निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma