Developed By Kuldeep Sharma

April 15, 2024

एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको टिप्पणी गरेका छन्।

आज एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक समीकरण परिवर्तन गरेर मुलुक र जनतामा आशाका किरण फर्कन लागेका बेला सुदूरपश्चिमको मुख्यमन्त्री चयनका सवालमा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको बताएका हुन्। “एकीकृत समाजवादी नामको पार्टीले अराजनीतिक निर्णय लियो,” ओलीले भने, “सही दिशामा राजनीति फर्कंदै थियो।”

आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए। ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma