Developed By Kuldeep Sharma

April 18, 2024

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं। सरकारले ६ र ७ गते ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दैछ। ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँने स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले जनाएको हो।

विभागका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्ष मुनिका बालालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउदै आएको छ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताइएको छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma