काठमाडौं। आजदेखि नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु हुदैछ।
बैठक ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आइतबारसम्म चल्नेछ। दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४ सय ५४ जना नेता कार्यकर्ता सहभागी हुने बताइएको छ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ।
मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल हुनेछ।
प्रतिक्रिया