Developed By Kuldeep Sharma

April 20, 2024

आज काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं। काठमाडौंका केहि स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ। बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो।

फिडरहरू सटडाउन गरेर मर्मत गर्नु पर्ने भएकाले विद्युत् सेवा बन्द हुने बताइएको छ। प्राधिकरणका अनुसार लोकसेवा कार्यालय नजिकैको पानी ट्यांकी, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्युरो हस्पिटल, प्रभु बैंक, धोबीखोला, मैतिदेवी, घट्टेकुलो क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ।

बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटेल नोर्लिङ, ग्रिनहिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma