काठमाडौं। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजे सम्म मात्रै प्रचारप्रसारको समयसिमा रहेको छ।
निर्वाचनको ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ।
उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम–२ मा १९ र प्रदेशतर्फ बझाङ १ को १ मा ११ जना उमेदवार रहेका छन्।
प्रतिक्रिया