Developed By Kuldeep Sharma

April 24, 2024

तराईमा हावाहुरीको सम्भावना

काठमाडौं। आज मुलुकका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको केहि स्थानमा मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा सामान्य हिमपातको सम्भावना छ।

यस्तै लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma