Developed By Kuldeep Sharma

May 3, 2024

एसिएन गल्र्स इन एक्सन प्रतिस्पर्धामा नवलपुरकी सवनम सुनार छनौट

नवलपुरको कावासोती नगरपालिकाको किशोरी अभियन्ता सवनम सुनार एसिएन गल्र्स इन एक्सन परियोजना २०२४ अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीको लागि छनौट हुनुभएको छ ।

एसिया महादेशको १५ देशहरुबाट १०० जनाको आवेदन परेको र १० जना छनौट भएकोमा नेपालबाट सवनम सुनार छनौट हुनुभएको हो । सवनम सुनार, कावासोती ६ निवासी र हाल कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।

उहाँ कावासोतीमा भर्खरै सम्पन्न भएको किशोरी शसक्तिकरण कार्यक्रमको साथि शिक्षकको रुपमा ३ वर्षसम्म क्रियाशिल हुँदै युनिसेफको ग्लोवल गल्र्स सल्लाहकार समितिको सदस्यमा समेत हालसालै मनोनयन हुनुभएको छ ।

बालबालिका र किशोरकिशोरीको क्षेत्रमा क्रियाशिल जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलका अनुसार ताईवानको द गार्डेन अफ होप फाउन्डेसनले प्रत्येक वर्ष एसिएन गल्र्स अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु र अभियानहरु गरिरहने र नेपालबाट सुरुवाती चरणबाट नै किशोरीहरुको सहभागिताको लागि पहल गराईरहेको बताउनु भयो ।

छनौट हुनुभएको किशोरी सवनम सुनारले १० जनाभित्रबाट अवार्ड जित्ने गरी तयारी गर्ने र नेपालको अभ्यासहरु एसिया महादेशभरी नै पुर्याउने गरी तयारी गरेर देशबाट प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो ।

नेपालबाट हालसम्म श्रद्धा महत, विपना शर्मा, आस्मा अर्याल, आशा विकले ताईवान मा नै गएर भौतिक रुपमा र कोरोनाको समयमा धेरै किशोरीहरुले अनलाईनबाट सहभागीता जनाई किशोरी अधिकारको लागि नेपालमा भएका अभ्यासहरुको बारेमा जानकारी र अवको समयमा सरोकारवालाहरुले गर्नुपर्ने विषयहरुको बारेमा ध्यानाकर्षण गराउने गरको तिलोत्तम पौडेलले बताउनुभयो ।

संस्थाले स्थापनाकालीन समयबाट नै बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन, पोषणमैत्री, युवामैत्री स्थानीय शासनको वकालत सहीत दक्षिण एसियामा नै नमुना बालिका सिकाई तथा स्रोत केन्द्र देवचुलीको वडा नंं. १० मा निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma