Developed By Kuldeep Sharma

August 19, 2024

क्रिकेटर सन्दीप लामिछाने बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडरमा नियुक्त

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन् ।

सोमबार एक समारोह आयोजना गर्दै बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

यस सम्झौताले आफुलाई निकै हर्षित बनाएको सन्दीपले बताएका छन् । यो सम्झौताले खेलजगतमा समेत सहयोग हुने उनको भनाई छ ।

सम्झौतापछि बोल्दै बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले अहिलेको अवस्थामा सन्दीप जस्तो खेलाडीलाई कन्सलटेन्सीसँग जोड्न पाउनु भनेको गर्वको विषय रहेको बताए । विद्यार्थीहरुको मनमा समेत क्रिकेटप्रतिको मोह हुनुले क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्नु सकारात्मक पक्ष रहेको उनले बताएका छन् ।

सन्दीप २ वर्षका लागि यस कन्सलटेन्सीको एम्बासेडर रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma