Developed By Kuldeep Sharma

August 21, 2024

अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गएरातीदेखि आएको अविरल बर्षाले सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो।

बाढी पहिराले अवरुद्ध भएको सडक खुलाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

कर्णाली राजमार्गको गगनेखोला, दहीखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जादा जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज, काठमाडौं जाने सवारीसाधन रयात्रुहरूलाई समस्या हुने गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma