Developed By Kuldeep Sharma

May 9, 2022

भरत तालमा नाबालिग छोरीसहित हामफालेर महिलाले गरिन् आत्महत्या

सर्लाही । बागमतीस्थित मानव निर्मित भरत तालमा नाबालिग छोरीसहित हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका-४ निवासी भोला साहकी श्रीमती २६ वर्षीया रेखा साहले आफ्नी छोरी ३ वर्षीया आराध्यसहित वागमती नगरपालिकाद्वारा निर्मित माछापोखरीमा हामफालेकी हुन्। आइतबार बिहान साँढे ९ बजे हामफालेकी रेखा तथा उनकी छोरी आराध्याको शव पौने ११ बजे निकालिएको थियो

उक्त तालमा मोटरबोट चलाउने चालकहरुको सहयोगमा आमाछोरीको शव निकालिएको प्रहरीले जनाएको छ।

प्रहरीले पोखरीको डिलबाट मृतक महिलाको मोबाइल सेट र सलसमेत फेला पारेको छ। पारिवारिक झैझगडा पश्चात उनी घरबाट निस्केको भन्ने बुझिएको प्रहरीले जनाएको छ। उक्त तालमा यसअघि पनि एक युवकको डुबेर मृत्यु भएको थियो।

प्रदेश २ मा रहेको यो ताल नेपालकै सबैभन्दा ठूलो मानवनिर्मित ताल मानिन्छ। यहाँ दैनिक सयौं संख्यामा पर्यटकहरू आउने गर्छन्। पछिल्लो समय यो तालमा शयर गर्न छिमेकी देश भारतका उत्तरी भेगका मानिसहरू पनि आउन थालेपछि यसको लोकप्रियता झनै बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma