Developed By Kuldeep Sharma

September 26, 2024

गोली हानेर श्रीमतीको हत्या

सर्लाही। सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्।

हरिपुर्वा नगरपालिका– ५का ती युवकले २३ वर्षीया चित्रलेखा यादवलाई बिहान करिब पौने २ बजेतिर गोली हानेका थिए।

चित्रलेखाको घटनास्थलमै मृत्यु भएको र ५४ वर्षीय बुबा रामदिनेश राय घाइते भएको प्रहरीले जनाएको छ।

गोली हान्ने युवक फरार छन्। उनको खोजी कार्य भइरहेको घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी दीपक श्रेष्ठले बताए।

घाइते रामदिनेशको भने मंगलवामा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma