Developed By Kuldeep Sharma

September 26, 2024

स्वास्थ जीवनशैलीका लागि राधे अर्गानिकको उत्पादन उपयोगी

काठमाडौं। स्वास्थ जीवनशैलीका लागि अर्गानिक खाद्यन्नको विशेष महत्त्व रहेको छ।

आजकल हरेक समारोहमा केकले पनि विशेष स्थान बनाईरहेको छ। यस्तो अवस्थामा रमाइलो मात्र नभएर स्वास्थ्यको पनि ख्याल राख्दै अर्गानिक परिकारको उत्पादनमा जुटेको छ राधे अर्गानिक। शुद्ध र प्राकृतिक सामग्रीबाट मात्र परिकार उत्पादन गर्ने नेपालकै पहिलो हो राधे अर्गानिक।

अहिले मानिसमा अर्गानिक उत्पादनका परिकार खानुपर्छ भन्ने चेतनामा वृद्धि भएसंगै राधेले केक र कुराउनीको स्वादमा कुनै सम्झौता नगरी स्वस्थकर जिवनमा मद्धत गरेको छ।

काठमाण्डौ उपत्यकालाई समेट्ने गरी ललितपुरबाट राधेले आफ्नो सेवा सुरु गरेको छ। राधे अर्गानिकको केक, कुराउनी तथा अन्य परिकार ताजा दूध र ड्राई फ्रुट्स् बाट मात्र बनाइएको हुँदा यसमा चिनीको समेत प्रयोग गरिदैन। दुधकै मिठोपनाले चिनीको महत्तवलाई हटाइदिएको छ। स्वास्थ्यलाई विषेश महत्त्व दिदै बनाइएको केकमा कुनैपनि प्रकारको केमिकल र कलरको प्रयोग गरिदैन। केकलाई फ्रिजमा नराखी प्रकृतिक वातावरणमै तयार पारिएको हुन्छ।

भिटामिन, मिनेरल र एन्टिअक्सिडेन्टजस्ता स्वास्थ्यलाई आवश्यक पर्ने तत्वहरु भरपुर मात्रामा पाईने राधेको केक र कुराउनीमा दुधको मात्र प्रयोग हुने हुँदा स्थानीय दुग्ध कृषकलाई समेत सहयोग पुगेको बताइएको छ।

राधेको केक र अन्य परिकारले मीठो चाहनालाई तृप्त मात्रै गर्दैन, स्वास्थ्यप्रति समर्पणको भावनालाई पनि कायम राख्छ। प्रत्येक टुक्रामा प्राकृतिक सामग्रीको मखमली बनावट र स्वाद पाइन्छ। आफ्नो विशेष क्षणहरूमा राधेको केक रोज्नु उपयुक्त हुन्छ किनभने राधेले मिठाई स्वास्थ्यको लागि उत्तम र स्वादिष्ट दुवै हुनुपर्छ भन्ने विश्वास राख्दै आएको छ।

राधेले काठमाडौं उपत्यकामा मट्का कुराउनी, केक, घ्यू, महलगायतका सामाग्री उत्पादन गर्ने गरेको छ भने डेलिभरीको सुविधासमेत उपलब्ध गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma