Developed By Kuldeep Sharma

September 29, 2024

सरकारले बोलाएपछि प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं। नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले आज विहान १० बजे अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्नका लागि सर्वदलीय बैठकको आव्हान गरेका थिए ।

नेपाल सरकारले पहल गर्न ढिलाई गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको बताइएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले दिउसो १ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma