Developed By Kuldeep Sharma

September 29, 2024

घरबास गुमाएकाहरूको पुनर्स्थापना गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौँ। सरकारले बोलाएको सर्वदलीय बैठकले घरबास गुमाएकाहरूको पुनर्स्थापना गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले राहत तथा उद्धारमा सघाउन निजी क्षेत्रलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।

आइतबार दिउँसो कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी थिए।

सर्वदलीय बैठकमा सबै राजनीतिक दल, तीनै तहका सरकार, सरकार र निजी क्षेत्रले समन्वय गर्ने उल्लेख छ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्नेसमेत निर्णय भएको गरेको छ।

त्यस्तै उचित बासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने, आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने, साथै क्षतिग्रस्त प्रसारण लाइन र विद्युत गृहहरूको मर्मत संभार गर्ने अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथासक्य छिटो सूचारु गर्ने। लगायतका निर्णय भएका छन्।
त्यसैगरी क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत सम्भार गरी खानेपानी आपूर्ती गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने भएको छ भने विपदपछिको महामारीको संभावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुवै विधी प्रयोग गरी प्रभावित क्षेत्रमा औषधी उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने निर्णय भएको छ।

विपदमा परेका सर्वसाधारण र आउँदै गरेको दशैं, तिहार, छठ जस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्यासलगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलैसँग प्राप्त गर्नसक्ने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma