काठमाडौं। उमेर हदको विवाद बढ्दै गएपछि नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा कुटाकुट भएको छ। काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा सोमबार झडप भएको हो।
विद्यार्थी नेताहरूलाई माउ पार्टी माओवादीले उमेर हदको विषयलाई मतदानबाट टुंगोमा पुर्याउन निर्देशन दिएको थियो। नेताहरुलाई खुमलटार बोलाएर उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न पार्टी अध्यक्ष प्रचण्डले नै निर्देशन दिएका थिए। क्रान्तिकारीको नेतृत्वको लागि उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा पदाधिकारीबीच निर्वाचन गर्न प्रचण्डको निर्देशन थियो।
तर २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद बढ्दै जाँदा सम्मेलनस्थलमा कुर्सी हानाहानकै अवस्था सिर्जना भएको महाधिवेशनमा सहभागीहरुले बताएका छन्।
कुटाकुट भएपछि सम्मेलनका अरु प्रक्रिया अघि बढ्न सकेको छैन।
प्रतिक्रिया