काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ।
वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा मंगलबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको बैठकमा बाढी पहिरोले निम्त्याएको प्रकोपसहित समसामियक बिषयमा छलफल हुने कांग्रेसले जनाएको छ।
हिजो बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीको सांसदहरुको १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। भोलिको बैठकमा त्यसबाहेक सरकारले विपद्को बेलामा गरेको कामकारवाहीको बिषयमा पनि समीक्षा गर्ने तयारी छ।
प्रतिक्रिया