Developed By Kuldeep Sharma

May 9, 2022

पर्वत जिल्ला प्रशासन कार्यालयका सेवा ४ दिनका लागि बन्द

पर्वत। आसन्न स्थानीय तह निर्वाचनका लागि पर्वत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चार दिनका लागि बन्द गरिएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ।

नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ।

त्यस्तै जिल्ला मालपोत कार्यालयका सेवा पनि यही वैशाख २७ गतेदेखि बन्द हुने भएका छन्। निर्वाचनमा एक हजार १७६ कर्मचारी परिचालन हुने भएका छन्।

यसैगरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र पिउन निषेध गरिएको छ। निर्वाचनलाई लक्ष्य गरी प्रशासनले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन आदेश जारी गरेको छ।

मदिरा पिउँदा समाजमा होहल्ला, झैझगडा तथा गैरकानुनी र अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रजिअ सापकोटाले बताए।

त्यसैगरी मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनबाहेकका सवारी साधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्नरनगराउन पनि प्रशासन अनुरोध गरेको छ।

प्रशासनले जारी सूचना विपरितका कार्य तोकिएको अवधिमा गरेरगराइएको पाइएमा कानुन अनुसार कारबाही गरिनेसमेत प्रजिअ सापकोटाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma