Developed By Kuldeep Sharma

October 4, 2024

जबुल्लाह, हमास, हुथी विद्रोही, सिरिया र इरानसँग एकैसाथ सामना गरिरहेको इजरायल

काठमाडौं। इजरायलले एकैसाथ लेबनानमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी विद्रोहीबाहेक सिरिया र इरानको सामना गरिरहेको छ। गत वर्ष अक्टोर ७ मा हमासले गरेको आक्रमणको जवाफी कारबाहीमा उत्रिएको इजरायलले विभिन्न समूहको सामना गरिरहेको छ।

पश्चिमा देशहरूको साथ पाएको इजरायलले पछिल्लो समय लेबनानको हिजबुल्लाहसँग लडिरहेको छ। पछिल्लो समय इजरायली सेनाले लेबनानको राजधानी बेरुतको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर ठूलो विस्फोट गराएको छ। लक्ष्य स्पष्ट नभए पनि विस्फोट गराइएको क्षेत्र हिजबुल्लाहको गढ मानिने दाहिहेको सिमाना रहेको बीबीसीले जनाएको छ।

लेबनानी सेनाका अनुसार, देशको दक्षिणी क्षेत्रमा इजरायली सेनाले हिजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ। आक्रमणका क्रममा लेबनानी सेनाका दुई जनाको ज्यान गएको छ। इजरायली सेनाले दक्षिणी लेबनानका २० सहर र गाउँहरू खाली गर्न निर्देशन दिएको छ।

यस्तै, इजरायली वायुसेनाले हिजबुल्लाहको गुप्तचर मुख्यालय, हतियार उत्पादन साइट, हतियार भण्डारण क्षेत्रमा हवाई आक्रमण गरेको छ।

स्थानीय अधिकारीहरूका अनुसार, दुई हप्ताको अवधिमा इजरायलको आक्रमणमा लेबनानमा १,३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दश लाख भन्दा बढी विस्थापित भएका छन्।

सेप्टेम्बर २७ मा इजरायलले राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा ८० टन बमले आक्रमण गरेको थियो। जसमा हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएका थिए । यस हमलामा नसरल्लाहबाहेक उनकी छोरी जैनबको पनि मृत्यु भएको थियो।

यसअघि, इजरायलले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका ज्वाइँ हसन जाफर अल कासिरलाई मारेको दाबी गरेको छ। समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो जसमा उनको मृत्यु भएको थियो। उनीसँगै थप दुई जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma