Developed By Kuldeep Sharma

October 5, 2024

आज दशैंको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजाआरधना गरिँदै

काठमाडौं। आज दशैंको तेस्रो दिन मुलुकभरका शक्तिपीठ तथा दशैं घरहरुमा चन्द्रघण्टा भगवतीको पूजाआरधना हुदैंछ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधनामा जलपूर्ण कलशमा पञ्चपल्लव चढाईने गरिन्छ। हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुने हुँदा शक्तिस्वरूपा महाकाली ९संहार०, महालक्ष्मी ९सुरक्षा० र महासरस्वती ९सृष्टि० को पञ्चोपचारले पूजाआरधना गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma