Developed By Kuldeep Sharma

October 7, 2024

हिजबुल्लाहद्वारा इजरायलको हाइफामा भएको रकेट आक्रमणमा १० जना घाइते

काठमाडौं। हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौं रकेट प्रहार हुँदा १० जना घाइते भएका छन्। यो पहिलो पटक इजरायली बन्दरगाह शहर हाइफामा क्षति पुर्‍याउनेगरी भएको आक्रमण हो।
गत २४ घण्टामा इजरायली आक्रमणमा दर्जनौं लेबनानी मारिएका साथै घाइते भएका छन्।

इजरायली सेनाले गाजाको उत्तरी जबालिया शरणार्थी शिविरबाट नागरिकहरूलाई तत्काल भाग्न आदेश दिएपछि र भारी बमबारी सुरु गरेपछि मारिएका १७ जनामध्ये कम्तीमा ९ जना प्यालेस्टाइनी बालबालिका थिए।

गाजामा, अक्टोबर २०२३ देखि इजरायली आक्रमणमा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छभने ९७ हजार १६६ जना घाइते भएका छन्। इजरायलमा, अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma