लमजुङ । लमजुङमा मान्छे मार्ने राँगोलाई प्रहरीले गोली हानी मारेको छ।
सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीलाई उनलै पालेको राँगाले हान्दा मृत्यु भएको थियो।
राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो।
जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ। सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ।
प्रतिक्रिया