काठमाडौं। नाङ्लो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लक्ष्मण ढुंगानाको अध्यक्षतामा शनिवार सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। टोखा नगरपालिका वडा न. ८ मा रहेको नाङ्लो बचत तथा ऋण सहकारीले पुनः लक्ष्मण ढुंगानाकै नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति सर्वसहमतिमा चयन गरेको छ।
उपाध्यक्षमा कुलचन्द्र आचार्य, सचिवमा दुर्गा बहादुर थापा, कोषाअध्यक्षमा लेखत बहादुर अधिकारी चयन भएका छन् भने सदस्यमा तिलक (श्याम) तामाङ, सविना पौडेल रहेका छन्। त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम प्रसाद तिमिलसिना, सदस्यमा चित्र बहादुर कार्की र दुर्गा जर्घा मगर रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथी टोखा नगरपालिका वडा न. ८ का वडा अध्यक्ष रमेश खत्रीले सभामा बोल्दै सेयरसदस्यहरुका लागि सहकारीले लाभदायीक भुमिका निर्वाह गरेको बताए। अहिले केहि सहकारीले बचतकर्ताको रकम अपचलन गरेको समाचारले सबैमा निराशा छाएतापनि नाङ्लोले आफ्ना सेयरसदस्यहरुलाई कुनै समस्या नहुने गरी सेवा प्रवाह गर्दै आएको र यस सहकारीले समाज खेलेको भुमिका महत्वपुर्ण रहेको बताएका छन्।
त्यस्तै विशिष्ट अतिथी टोखा नगरपालिकाका सहकारी शाखा प्रमुख कमला कार्कीले पनि सहकारी संस्थाहरुका माध्यमबाट सामाजिक सद्भाव र एकतालाई समेत बढाउने र एक अर्काप्रति सहकार्य र समन्वयनको भवना जागृत हुने विश्वास व्यक्त गरेकी छन्। त्यस्तै विशिष्ट अतिथी शुभप्रभात महिला बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्मा खनालले नवनिर्वाचित सबैमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी सहकारीविच भाइचारा र अपनत्वको भावना रहिरहनु पर्ने बताएकी छन्।
कार्यक्रममा सेयर सदस्यका तर्फबाट बोल्दै सन्तु कुमार गिरिले अब बचतकर्ताहरुलाई थप सहज सेवा बिस्तार गर्नका लागि आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन्। कार्यलयमा क्युआरको प्रयोग गर्नुपर्ने साथै विभिन्न सीप भएका सदस्यहरुका लागि सीप अनुसारको क्रियाकलापमा अवसर उपलब्ध गराउनु पर्ने उनको भनाई छ।
उक्त सभामा सहकारीका अध्यक्ष लक्ष्मण ढुंगानाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा प्रतिवेदन लेखा संयोजक भिम प्रसाद तिमिल्सेनाले प्रस्तुत गरेका हुन्। त्यस्तै सहकारीका लेखा प्रमुख कल्पना क्षेत्री अधिकारीले अर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य लेखत बहादुर अधिकारीले ब्यक्त गरेका हुन्। उक्त कार्यक्रमको संचालन कुलचन्द्र आचार्यले गरेका थिए।
प्रतिक्रिया