काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको पछिल्लो अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सोमबार बिहान ११ बजे पत्रकार सम्मेलन गरिन लागिएको छ।
आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए। चुनावी अपिल मार्फत ओलीले कांग्रेसको आलोचना गरेका थिए।
पत्रकार सम्मेलनमा आइतबार एमाले अध्यक्ष ओलीले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी र देशका विभिन्न ठाउँमा राखिएका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेसमाथि लगाएको आरोपहरूको खण्डन गरिने कांग्रेसले जनाएको छ।
प्रतिक्रिया