फ्रेन्च लिग वान् उपाधि विजेता पीएसजीले लगातार तीन खेलमा निराशाजनक बराबरी गरेको छ।
आज राति भएको खेलमा दुई गोलको अग्रता लिए पनि ट्रोयसविरुद्ध पीएसजीले जोगाउन सकेन। कप्तान मार्किनोले छैटौं मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै २५ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै पीएसजीलाई २-० को बलियो अवस्थामा पुर्याएका थिए।
तर खेलको ३० औं मिनेट र ४९ मिनेटमा गोल गर्दै ट्रोयसले बराबरी गर्न सफल भयो।
लिगमा अब पीएसजीले मात्र दुई खेल खेल्न बाँकी छ। ३६ खेलबाट उसको ८० अंक भएको छ।
प्रतिक्रिया