Developed By Kuldeep Sharma

May 9, 2022

भरतपुरमा हत्या गरिएका युवक जेलबाट छुटेका थिए

काठमाडौं । गएराति चितवनको भरतपुरमा हत्या गरिएका युवक एक वर्षअघि जेलबाट छुटेको खुलेको छ। आइतवार साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-१२ निवासी अनिल परियार ‘कान’ को धारिलो हतियारबाट हत्या गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले हत्या भएका युवकविरुद्ध यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको बताए। उनी एक वर्षअघि जेलबाट छुटेका थिए। अधिकारीले यसअघि आपराधिक कृयाकलापमा जोडिएका उनलाई त्यही पृष्ठभूमिका युवाहरूसँगको विवादका क्रममा आक्रमण भएको हुन सक्ने बताए।

‘यो घटनासँग कुनै राजनीतिक संलग्नता जोडिएको अहिलेसम्म देखिएको छैन, विशुद्ध आपराधिक पृष्ठभूमि जोडिएको देखिन्छ,’ अधिकारीले मुलुक प्रेससँग भने, ‘हामी अनुसन्धान गर्दैछौँ।’ आन्तरिक विवाद र लेनदेनका कारण हत्या भएको अनुमान प्रहरीको छ।

परियार एकजना भारतीय नागरिकसँग नजिक थिए। घटनामा तिनै भारतीयको संलग्नता रहेको अनुमान गर्दै प्रहरीले अनुसन्धान थालेको छ। भरतपुर-७ कृष्णपुर खेलमैदान अगाडि धारिलो हतियार प्रहार भएपछि परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma