Developed By Kuldeep Sharma

May 9, 2022

काठमाडौं महानगरमा माओवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिकाको वडाध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र श्रेष्ठ नेकपा एमाले प्रवेश गरेका छन्।

श्रेष्ठसहित माओवादी छाडेर २४ जना कार्यकर्ता एमाले प्रवेश गरेका एमाले काठमाडौं जिल्लासचिव राजेश शाक्यले बताए। उनैले उनीहरूलाई पार्टीमा स्वागत पनि गरे। श्रेष्ठअघि काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएका माओवादीका दुई जना वडाध्यक्षका उम्मेदवार एमाले प्रवेश गरिसकेका छन्।

यसअघि माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिका वडा १३ का वडाध्यक्ष उम्मेदवार रामशरण डंगोल र १५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन उम्मदेवारी छाडेर एमालेमा प्रवेश गरेका थिए। महानगरपालिका वडा १३ का वडाध्यक्ष उम्मेदवार रामशरण डंगोल र १५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन एमाले माओवादीबाट उम्मेदवारी छाडेर एमाले प्रवेश गरेका थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma