काठमाडौं। बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र राना कुटपिट गरेको आरोपमा प्रहरीको नियन्त्रमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनलाई शिक्षकमाथी कुटपिट गरेको आरोप छ। पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले सोधपुछका लागि बोलाएको प्रहरी नायव उपरिक्षक रमेश पालले मुलुकप्रेसलाई जानकारी दिए।
उनकाअनुसार अहिले दुबै पक्षलाई बोलाएर गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको छ। राना माओवादीबाट गठबन्धनका साझा उम्मेदवार हुन्।
डिलासैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ। राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै जोशीमाथि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ। जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको बताइएको छ।
प्रतिक्रिया