काठमाडौं। निर्वाचन आयोगले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्पष्टीकरण सोधेको छ।
आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारी सवारीसाधन प्रयोग गरेर चुनाव प्रचारप्रसारमा गएकाले मुख्यमन्त्री पोखरेललाई स्पष्टीकरण सोधिएको बताए।
उनले निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क)अनुसार मुख्ममन्त्री वा मन्त्री आफै उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख भएअनुसार मुख्यमन्त्री पोखरेललाई तीन दिनभित्र स्पष्ट जवाफ दिन स्पष्टीकरण सोधिएको जानकारी दिए ।
प्रतिक्रिया