कास्की। पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन्।
कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्। उनले लेखेका छने, ‘साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु । मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ ।’
उम्मेदवारी फिर्ता लिएसँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन्।
प्रतिक्रिया