काठमाडौं। जापानमा भूकम्प गएको छ। देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।
युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो।
भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन्। जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ।
त्यस्तै, ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ।
राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। यद्यपि क्षतिको तत्काल कुनै समाचार प्राप्त नभएको जनाइएको छ।
ताइवान र वरपरका क्षेत्रहरुमा नियमित रुपमा भूकम्पको चपेटामा पर्ने गरेको पाइन्छ।
प्रतिक्रिया