Developed By Kuldeep Sharma

May 10, 2022

नेकपा समाजवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार एमालेमै फर्किए

झापा । नेकपा एकीकृत समाजवादीबाट झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका भूपनारायण राजवंशी नेकपा एमाले नै फर्किएका छन्।

उम्मेदवारी फिर्ता लिँदै उनी एमालेमा प्रवेश गरेका हुन्। राजवंशीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीमा स्वागत गरेका छन्।

उनले आफूले गलत पार्टी रोजेको भन्दै पुरानै पार्टीमा फर्किन चाहेको बताएका छन्। उनले माधवकुमार नेपालले निजी स्वार्थका कारण पार्टी फुटाएको र आफूले उक्त कुरा बुझिसकेपछि एकीकृत समाजवादी परित्याग गर्ने निर्णय गरेको बताएका छन्।

उनले गौरीगञ्जबासीका नाममा पाँच वटा लामा बुँदाको व्याख्यासहितका विज्ञप्ति जारी गरी आफ्नो उम्मेदवारीप्रति गाउँपालिकाका जनताले दिएको समर्थनप्रति कृतज्ञता व्यक्त पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma