Developed By Kuldeep Sharma

May 10, 2022

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं। वैशाख ११ गतेदेखि निष्काशनमा आएको विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर रू १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो ।

यो आईपीओ खरिदका लागि सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिने व्यवस्था छ।

साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ। आईपीओ खरिदका लागि आवेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma