काठमाडौं। नेकपा (एमाले) ले आज काठमाडौंको भृकुटीमण्डपमा स्थानीय तह निर्वाचनलक्षित सभा गर्दै छ।
आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु हँदैछ। एमालेले आज गर्ने सभा यो निर्वाचनकेन्द्रित अन्तिम सभा हुनेछ। सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाका जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने जनाइएको छ।
प्रतिक्रिया