Developed By Kuldeep Sharma

May 10, 2022

प्रधानमन्त्री देउवा डडेलधुरामा, भोट हालेर मात्र फर्किने

काठमाडौं । चुनावी प्रचारप्रसारका क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन्। उनी अब जिल्लामा हुने मतदान पक्रियामा सहभागी भएर मात्र काठमाडौं फर्किने भएका छन्।

सोमबार साँझ जिल्ला सदरमुकाम आइपुगेका उनले मंगलबार यहाँ आयोजना हुने दुई चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले बिहान १० बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो २ बजे भित्री पर्शुराम नगरपालिकाको लालढुंगा बजारको सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवासँग कांग्रेसका नेता रामचन्द्र पौडेललगायत छन्। उनीहरूले पनि आज चुनावी सभामा सम्बोधन गर्नेछन्। देउवाले सोमबार गन्यापधुरा–२ बडालको चुनावी सभामासम्बोधन गरेका थिए। त्यसपछि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम आएका हुन्।

देउवा लामो समयपछि गृहजिल्ला पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma