Developed By Kuldeep Sharma

April 14, 2022

आजदेखि बढ्यो काठमाडौं उपत्यकामा सार्वजनिक बसको भाडा

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आज(बिहिबार) देखि लागू भएको हो ।

यसअघि नै श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते भाडा वृद्धि गरेको थियो ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भएपछि सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma