काठमाडौं। नेपाली कांग्रेसबाट टोखा नगरप्रमुख उम्मेदवार रजनी थापाले आफू विजयी भएमा नगरवासीको जीवनस्तर सहज बनाउने विकास गर्ने प्रतिवद्धता जनाएकी छन्।
मंगलबार पत्रकार सम्मेल गर्दै टोखा नगरप्रमुख उम्मेदवार थापाले नगरपालिकामा विकास र परिवर्तनका लागि आफू चुनावमा होमिएको भन्दै सवैको आखाँले निरन्तर देख्न पाइरहने र जीवनस्तर सहज बनाउन सक्ने विकास गर्ने प्रतिवद्धता जनाएकी हुन्।
आफूहरु टोखा नगरवासीको सेवक हुन आएको भन्दै उनले नेपाली कांग्रेसको सम्पूर्ण उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउन आग्रह गरिन्।
टोखा नगरमा नेतृत्व गरेको नेकपा एमालेले घोषणापत्रमा उल्लेख गरेको एक अंश पनि काम नगरेको उनले टिप्पणी गरिन्।
तिन विषयमा मास्टर सकिसकेकी थापाले सचेतना नेपाल फाउण्डेसनमार्फत समाजसेवामा सक्रिय छन्। रजनीले आँखा शिविर राखेर वर्षेनी सयौंको संख्यामा आँखा रोगीको उपचार गर्दै आएकी छन्।
प्रतिक्रिया