काठमाडौं। टोखा नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका प्रकाश अधिकारीलाई अदालतले ठगी मुद्दामा दोषी ठहर गरेको खुलासा भएको छ।
उनलाई नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष हुँदा सहकारीबाट १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ अपचलन गरेर २ सय २ जनालाई ठगी गरेको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको खुलासा भएको हो।
२०७५ फागुन १९ गते उच्च अदालतले उनलाई एक महिना कैद सजायको फैसला गरेको थियो। साथै सहकारीबाट अपचलन गरेको पैसा फिर्ता गर्नुपर्ने फैसला भएको थियो।
तर, अधिकारी कैद सजाय भुक्तान नगरी फरार रहेको खुलेको छ। फरार रहेकै अवस्थामा उनी मेयरको उम्मेदवार बनेका हुन्।
एमालेले टोखा नगरपालिकामा अदालतले ठगीको आरोपमा दोषी ठहर गरेका अधिकारीलाई उम्मेदवार बनाउँदा कांग्रेसले रजनी थापालाई अघि सारेको छ।
तीन विषयमा मास्टर सकिसकेकी थापा सचेतना नेपाल फाउण्डेसनमार्फत समाजसेवामा सक्रिय छन्। रजनीले आँखा शिविर राखेर वर्षेनी सयौंको संख्यामा आँखा रोगीको उपचार गर्दै आएकी छन्।
हेर्नुस्, फैसलाः
प्रतिक्रिया