Developed By Kuldeep Sharma

May 11, 2022

दार्चुलामा सत्तागठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एमालेका उम्मेदवार घाइते

दार्चुला। दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा ९एमाले०का कार्यकर्ताबीच झडप भएको छ। मंगलबार बेलुका जिल्लाको दुहु गाउँपालिका–५ चल्लेगडामा भएको झडपमा एमालेका अध्यक्षका उम्मेदवार ४८ वर्षीय मान सिंह बडाल घाइते भएको प्रहरीले जनाएको छ।

‘झडपको कारण खुल्न सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले भने, ‘घटनामा संलग्न फरार रहेका छन्, खोजी कार्य भइरहेको छ।’

प्रचारबाट फर्किने क्रममा बडाललाई सत्तारुढ गठबन्धनका मान बहादुर कुँवर लगायतको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।
घाइते अध्यक्षका उम्मेदवार बडालको अनुहारमा चोट लागेको छ ।

घाइते बडालको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma