हालसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा गृहयुद्धको अवस्था सिर्जना भएको छ। जनताको प्रदर्शन निकै आक्रोशित बनेको छ
प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासलाई घेरा हालेर पेट्रोल बम प्रहार गरेका छन्। गाडीहरू जलाइएका छन्। धेरै मन्त्रीहरुको घर जलेका छन्। अहिलेसम्म करिब २०० जना घाइते भएका छन् भने ८ जनाको मृत्यु भइसकेको भारतीय पत्रिका भाष्करले लेखेको छ। मृत्यु हुनेमा एक सांसद पनि छन्।
हिंसात्मक प्रदर्शनलाई नियन्त्रण गर्न देशभर कर्फ्यू लगाइएको छ। यसैबीच हिजो सेनाले बदमासलाई देखेमा गोली हान्न आदेश जारी गरेको खबर आएको थियो। तर, श्रीलङ्काका चीफ अफ डिफेन्स स्टाफ र आर्मी कमाण्डर जनरल शभेन्द्र सिल्भाले यो दाबीलाई अस्वीकार गरेका छन्। सिल्भाले सेनाले कुनै पनि हालतमा यस्तो कदम नचाल्ने बताए।
राजपाक्षे परिवार भारत भागेको हल्ला विगतमा चर्किएको थियो। भारतीय दूतावासले पछि यो दाबी अस्वीकार गरेको थियो। भारती दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ– पछिल्लो समय केही राजनीतिक व्यक्ति र उनीहरुका परिवार भारत पलायन भएको भन्ने हल्ला मिडिया र सामाजिक सञ्जालमा फैलिएको छ। जुन सत्य होइन।
प्रतिक्रिया