Developed By Kuldeep Sharma

May 11, 2022

धनगढी उडेको जहाज इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । धनगढी उडेको श्री एअरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ। इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको हो।

जहाजमा ८७ जना यात्रु रहेका बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्किएको छ।

जहाजको बायाँ इन्जिनमा समस्या आएपछि जहाज फर्काइएको विमानस्थल स्रोतले जनाएको छ। काठमाडौंबाट ११ बजेर ४४ मिनेटमा धनगढीका लागि प्रस्थान गरेको जहाज १४ मिनेटपछि काठमाडौंमा अवतरण गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma