Developed By Kuldeep Sharma

May 11, 2022

पैसा बाँडेको आरोपमा बुटवलका एमाले उम्मेदवारकी श्रिमतीलाई स्थानीयले कब्जामा लिएपछि…

काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका बाबुराम भट्टराईकी श्रीमतीलाई कांग्रेस कार्यकर्ताले घेरेका छन्। मौन अवधिमा मतदाता प्रभावित गर्न पैसा बाढेको आरोप लगाउँदै कांग्रेस कार्यकर्ताले उनलाई घेरेका हुन्।

स्थानीयले उनलाई मौन अवधिमा मतदातालाई पैसा बाँडेर प्रभावित पार्न खोजेको आरोप लगाएर कब्जामा लिएका थिए। प्रहरीले भने उनको उद्धार गरेको छ। बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा कांग्रेसका स्थानीय कार्यकर्ताले भट्टराईकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका हुन्।

प्रहरीले अहिले उक्त घरमा खानतलासी गरिरहेको जनाएको छ। कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका थिए। तर एमालेका स्थानीय नेताहरुले भने आरोप सत्य नभएको दावी गरेका छन्। भट्टराई पैसा बाँड्न नभई आफन्त भेट्न गएको उनीहरुको दावी छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma