काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले उम्मेदवारकी श्रिमतीले आफु मतदातालाई पैसा बाँड्न नगएको स्पष्टिकरण दिएकी छन्। मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराइले विज्ञप्ती जारी गर्दै आफु पैसा बाँड्न नभइ छिमेकी बिरामीलाई भेट्न गएको बताएकी हुन्।
‘दिउसो अन्दाजी ३ बजेतिर म माया भट्टराई मेरो छिमेकी लक्ष्मी भट्टराईसंग बुटवल ११ माझगाउँ निवासी महेन्द्र अर्यालको घरमा गएकी थिएँ। उहाँको श्रीमती लिला अर्याल बिगत २ बर्षदेखि क्यान्सर रोगबाट पिडित हुनुहुन्छ। हालै भारतको नयाँ दिल्लीबाट उपचार गरेर फर्किनु भएकी लिला अर्याललाई भेट्न हामी त्यहाँ गएका थियौँ। सोहि बखत त्यहि ठाउँमा र भाडामा लगाएको लक्ष्मी भट्टराईको घरमा पनि गएका थियौँ,’ उनले विज्ञप्तीमा भनेकी छन्।
उनले भाडा उठाउन त्यहाँ गएर भेट गरिसकेपछि छिमेकी पार्वतीको घरमा बसेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले आफुलाई पैँसा बाँड्न आएको आरोप लगाउदै, होहल्ला गरि प्रहरीलाई बोलाएको बताएकी छन्। मौन अवधिमा मतदाता प्रभावित गर्न पैसा बाढेको आरोप लगाउँदै आजै दिउँसो कांग्रेस कार्यकर्ताले उनलाई घेरेका थिए। पछि प्रहरीले उनको उद्धार गरेको थियो। सोहि बेला कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका थिए।
प्रतिक्रिया