काठमाडौं । भर्खरै गठन भएको नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई सरकारले नियन्त्रणमा राखेको छ। भोलि हुने स्थानीय तह निर्वाचन बिथोलिन नदिन उनलाई आज (बिहीबार) बिहानै ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बास्तोला आफ्नो घर सुर्खेत जाने क्रममा समातिएका हुन्।
चुनाव बहिष्कार गरेका उनले निर्वाचन बिथोल्ने गतिविधि गर्न सक्ने आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए।
चुनावमा जान नहुने भन्दै बास्तोलालगायतका नेताहरूले गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएका थिए। त्यसपछि बास्तोलाले नेकपा बहुमतका गठन गरेर संयोजक बनेका छन्।
प्रतिक्रिया