Developed By Kuldeep Sharma

May 12, 2022

मौन अवधिमा चुनाव प्रचारमा निस्केको भन्दै एमाले नेता चौधरीको घर घेराउ

काठमाडौं । मौन अवधिमा चुनाव प्रचार प्रसारमा निस्किएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेकी नेता शान्ता चौधरीको घर घेराउ गरेका छन्।

हिजो राति चौधरीको घर कांग्रेसका कार्यकर्ताले घेराउ गरेका हुन्। तर उनले आफू माइत गएर फर्किएको जनाएकी छन्। आफू माइत गएर फर्किने क्रममा पछ्याएका स्थानीय कार्यकर्ताले घरबाहिर आएर राति अबेरसम्म होहल्ला गरेका उनले बताइन्।

दाङको घोराही उपमहानगरपालिकास्थित डाँडा गाउँमा उनको माइती छ। घर करिब २० मिनेटको दूरीमा छ। तर आफू माइतीमा बिरामी आमालाई भेटेर फर्किँदा कांग्रेसका स्थानीय कार्यकर्ताले चुनाव प्रचारमा गएको आरोप लगाएका उनले स्पष्ट पारेकी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma