Developed By Kuldeep Sharma

May 12, 2022

धादिङमा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार गम्भीर घाइते

धादिङ । धादिङमा नेपाली कांग्रेस र नेकपा माओ‌वादी कार्यकर्ताबीच झडप भएको छ।

नीलकण्ठ नगरपालिका-६ भोर्लेमा भएको झडपमा उक्त वडाबाट नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार भुपेन्द्रकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको टाउको, दाहिने आँखामा चोट लागेको छ। झडपमा अन्य २० जनाभन्दा बढी घाइते भएका छ्न्।

धादिङ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।

मौन अवधिमा वडाध्यक्षसहित भोट माग्न पुगेका दुई राजनीतिक दलको समूहको जम्काभेट हुँदा झडप भएको बताइएको छ। नेपाली कांग्रेसले माओवादी कार्यकर्तालाई आक्रमण गरेको कारण झगडा शुरु भएको माओवादीका कार्यकर्ताले बताएका छन्। नेपाली कांग्रेसले भने आफ्नो कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर घटनास्थल पुग्दा स्थिति तनावपूर्ण भएको बताएको छ।

वैशाख ३० गते हुने निर्वाचनका लागि धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच तालमेल गरिएको छ । नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेसबाट भीमप्रसाद ढुंगाना र उपमेयर माओवादी केन्द्रबाट दिपक विश्वकर्मा उम्मेदवार छन् । पालिकास्तरमा चुनावी तालमेल भएपनि केही वडाहरुमा भने दलहरुले आआफ्नै उम्मेदवार उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma